माैसमः पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले साेमबार दिउँसाे देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
साेमबार राती देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाड र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
Facebook Comments

