मोटरसाइक्लिङ्ग स्पोर्टस् तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम

नेपाल अटोमोबाइल्स एसोसिएशनद्वारा युवा नेतृत्व विकासका लागी आयोजित युथ लिडरसिप प्रोग्राम २०२६ को पहिलो कार्यक्रम हिजो चैत २८ गतेमा ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

इन्जिनियरिङ, अटोमोबाइल, एकेडेमिया, साहसिक पर्यटन तथा मोटरसाइकलिङ्ग स्पोट्र्स क्षेत्रमा संलग्न ६८ जना युवाहरूको सहभागिता रहेको उक्त कार्यक्रम नेपाली मोटरस्पोट्र्स तथा सुरक्षित मोविलिटीको क्षेत्रमा भावी नेतृत्व विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले मोटरस्पोट्र्स नेपाली युवाहरूको खास खेलका रूपमा विकसित हुँदै गइरहेको उल्लेख गर्दै यस्ता नेतृत्व विकास कार्यक्रमहरूले युवालाई सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा परिषद्का कार्यकारी सदस्य सुबर्ण केसरी श्रेष्ठ तथा पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनाले समेत शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको सुरुवातमा कार्यक्रम को–अर्डिनेटर कमला छेत्रीले सबै सहभागीलाई स्वागत गर्दै यस कार्यक्रमले मोटरस्पोट्र्स, एड्भेञ्चर टुरिजम, मोबिलिटी तथा सुरक्षित यातायात क्षेत्रमा भविष्यका जिम्मेवार र दूरदर्शी नेतृत्व उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । यस कार्यक्रमले नेतृत्व भनेको पद मात्र नभई जिम्मेवारी, दृष्टिकोण र सकारात्मक परिवर्तन ल्याउन क्षमता विकास गर्ने पनि उल्लेख गर्नुभयो ।

अन्र्तराष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइए) सँगको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्गत डिसेम्बरसम्म सञ्चालन हुने १२ वटा सत्रहरू (फिजिकल, भर्चुअल र प्राक्टिकल) मार्फत सहभागीहरूलाई विभिन्न पाँच प्रमुख विषयमा तालिम प्रदान गरिनेछ, जसमा मोटरस्पोट्र्स व्यवस्थापन, रोड सेफ्टी, मिडिया तथा कम्युनिकेशन, खेल नवप्रवर्तन तथा एफआइए लिगेसी, टुह्विल तथा एड्भेञ्चर टुरिजम समावेश गरिएका छन् ।

Facebook Comments