माैसमः देशका अधिकांश स्थानमा वर्षा, काेशी र बागमतीका केही स्थानमा भारी वर्षा हुने
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार विगत ६ घण्टामा गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा भएको छ । महाशाखाले सबैभन्दा बढी वर्षा सिन्धुली जिल्लाको दूधौलीमा ८५.६ मि.मि. मापन भएको उल्लेख गरेकेा छ ।

पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा बर्षा भएको छ । वर्षा गराउने बादल पश्चिमतिर सरिरहेकोले यी र आसपासका क्षेत्रहरूमा अझै थप वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार साेमबार दिउँसाे कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ।
महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।
महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।
साेमबार राती काेशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने तथा कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली भू-भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा मधेश प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

