रास्वपा सभापति लामिछाने र प्रधानमन्त्रीवीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहवीचमा भेटवार्ता भएको छ ।

आइतबार सभापति लामिछाने निवास बुढानीलकण्ठमा दुई नेताबिच करिब ४ घण्टा छलफल भएको हो । छलफलमा पछिल्लो विकसित घटनाक्रम, पार्टीको केन्द्रीय समिति पूर्णताको विषय र मन्त्रिपरिषद्काे काम कार्वाही र संविधान संशाेधनको विषय समावेश रहेकाे बताइन्छ ।

प्रधानमन्त्रीकाे सचिवालयका अनुसार पार्टी सभापति र प्रधानमन्त्रीबिच यो नियमित भेटवार्ता हो । सरकारकालाई कसरी प्रभावकारी बनाउने, समाजमा बढ्दै गएको निराशालाई कसरी दीर्घकालीन समाधान गर्ने भन्ने विषयमा छलफल भएकाे स्राेतकाे दावी छ

गणेश नेपाली र आश्विन राउत लगायतको आत्मदाह प्रकरण, सुकुम्बासीकाे ब्यवस्थापन लगायतका कारण नागरिकमा परेकाे समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक कदम चाल्ने सम्बन्धमासभापति लामिछानेलाई प्रधानमन्त्री शाहकाे बिफ्रिङ थियाे ।

यस्तै बैठकमा चितवनमा सम्पन्न प्रथम महाधिवेशनपछि पार्टी सभापति लामिछानेले ५१ जना मनोनीत गर्ने विषयमा पनि छलफल भएको थियो । 

बाहिर चर्चा भएजस्ताे दुई नेताबिच कुनै पनि किसिमको दरार नआएको, सभापति र प्रधानमन्त्रीबिचको समन्वयमा नै कामकारबाही अगाडि बढिरहेकाे स्राेतकाे दाबी रहेकाे छ ।

पछिल्लाे समयमा सुकुम्बासी व्यवस्थापन, आत्मदाह प्रकरण, उद्यमी व्यवसायीमाथि भएकाे अनुसन्धान लगायतका बिषयमा सरकारकाे आलाेचना भइरहेकाे छ ।

Facebook Comments