राेल्पामा पहिराेले घर पुरिँदा २ जनाकाे मृत्यु

अविरल वर्षाका कारण पहिरो जाँदा  थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, राेल्पाका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेका छन् ।

प्रहरीका अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित गोठ पुरिएका थिए । घटनाकाे जानकारी पाउनेवित्तिकै गए राति घटनास्थलमा प्रहरी टोली पुगी स्थानीय समेतकाे सहयाेगमा उद्धार कार्यमा जुटेकाे थियाे । ।

घाइतेहरूकाे उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । उक्त स्थानमा पहिराे कारण ६ घर/गोठमा क्षति पुगेको छ ।

यतिबेला रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओ समेतको १३ जनाको प्रहरी टोली घटनास्थलमा खटिरहेकाे नेपाल प्रहरीले जनाएकाे छ । साथै बिहान ४:३० बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसमेत घटनास्थल पुग्नुभएको छ । घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ ।

प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका मानिसको संख्या १० जना पुगेको खुलेको छ भने घटनास्थलमा फोन सम्पर्क हुन नसकेको कारण र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments