पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

विहीबार दिउँसाे तथा रातकाे समयमा देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

दिनकाे समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका  हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ ।

त्यस्तै मधेश प्रदेश साथै बागमती ,गण्डकी र लुम्बिनी  प्रदेशका तराई भू-भागका केहि स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

महाशाखाले गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी  प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाे जनाएकाे छ ।

विहीबार राती पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार मधेश प्रदेश साथै बागमती, गण्डकी लुम्बिनी र  सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी  प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बनी  प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थान कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै गण्डकी लुम्बनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भाग तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा तथा गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाे पनि महाशाखाले उल्लेख गरेकाे छ ।

Facebook Comments