थबाङ पहिराेमा परी मृत्यु हुनेकाे संख्या १० पुग्याे
राेल्पा जिल्लाकाे थबाङ गाउँपालिका –०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रहरीका अनुसार २ जना घाइतेलाई उपचारको लागि बुटवलतर्फ पठाइएको छ । बेपत्ता भएका ३ जनाको खोजी कार्य अझै जारी रहेको छ ।
मृतक सबैको सनाखत पनि भइसकेको छ । मृतकमध्ये ५ जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने, ५ जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका छन् ।
रोल्पामा मृत्यु हुनेहरु
१. जिल्ला रोल्पा थबाङ गा.पा. ५ बस्ने बर्ष अं. १८ कि शान्ती पुन मगर,
२. ऐ ऐ बस्ने वर्ष अं. ६० को कमल बहादुर पुन मगर,
३. ऐ.ऐ.बस्ने वर्ष ८० कि मनखना पुन मगर ,
४.ऐ.ऐ बस्ने वर्ष ७५ दलबहादुर पुन मगर,
५. ऐ.ऐ. बस्ने वर्ष ८५ कि हस्तकला रोका मगर ,
प्युठानमा भेटिएका मृतकको विवरण
१. जिल्ला रोल्पा थवङ गा.पा. ५ कोटलबारा बस्ने कुमार पुन मगरको छोरा बर्ष अं.७ को अशोक पुन मगर
२. ऐ.ऐ.बस्ने बर्ष अ.३४ को महेन्द्र घर्ति
३. ऐ.ऐ. बस्ने बर्ष अं.६६ कि मनि पुन मगर
४. ऐ.ऐ.बस्ने बर्ष अ. ३४ कि विष्णु पुन भन्ने जुन कुमारी पुन मगर
५) ऐ.ऐ. बस्ने बर्ष अं.८० को बल बहादुर पुन मगर
मानिस घाइते:-
१. ऐ.ऐ. बस्ने वर्ष अं. २२ को हिमाल पुन मगर
२. ऐ. बस्ने वर्ष २५ को संजय घर्ती मगर
पहिरोमा बेपत्ता भएका मानिसहरु:-
१) ऐ.ऐ. बस्ने वर्ष ९ को अशिम पुन मगर,
२) ऐ.ऐ. बस्ने वर्ष ८० को अजम्बर पुन मगर,
३) ऐ.ऐ. बस्ने वर्ष ७२ को लिल बहादुर पुन मगर,

