हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा मंगलबार कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली भू-भाग तथा देशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने उल्लेख छ।
मंगलबार देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना छ ।
रातकाे समयमा पनि कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना छ ।
Facebook Comments

