रास्वपाको सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभा निर्वाचनकाे मतपरिणाम आएकाे र निर्वाचन आयाेगका निर्देशन अनुसार समानुपातिक तर्फका सांसदकाे सिफारिस गर्नुपर्ने भएकाले बैठक बस्न लागेकाे छ ।
शनिबार दिउँसो रास्वपाको सचिवालय बैठक बस्न लागेको हो । बैठकको समय र स्थान भने तय भइसकेको छैन।एकाे
आजको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउने बताइएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फ रास्वपाले ५१ लाख ८३ हजार ४९३ मत ल्याएको थियो। सो अनुसार रास्वपाले ५७ सिट पाएको छ ।
निर्वाचन आयोगले फागुन २८ गते समानुपातिक मतअनुसारको सिट घोषणा गरी उम्मेदवार सिफारिस गर्न तीन दिनको समय दिएकाे छ ।
Facebook Comments

