रास्वपा बैठक आइतबार बस्ने

आज बस्ने भनिएको रास्वपा सचिवालय बैठक आइतबार बिहानसम्म सरेको छ ।

समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न भन्दै शनिबारलाई बैठक बोलाइएको थियो ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक आइतबार बस्ने तय भएको हो । बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

Facebook Comments