एमालेका तर्फबाट १६ जना समानुपातिक सांसद सिफारिश

नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउनुका साथै विभिन्न शोक प्रस्तावहरू पारित गरेको हो।

पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरू सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयाे ।

जनजाति

महिला :

–भूमिका सुब्बा

–गंगादेवी श्रेष्ठ

पुरुष :

–रामबहादुर थापा मगर

–कुलभक्त शाक्य

खस आर्य

महिला :

–पद्मा अर्याल

–टुकाभद्रा हमाल

–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

–गुरु प्रसाद बराल

–पुष्पराज कंडेल

थारु

–कृपाराम राणा (पुरुष)

दलित

महिला :

–विष्णुमाया वी.के.

–नीता घटानी

मधेसी

महिला :

–रिङ्ला यादव

–यशोधा कुमारी यादव

पुरुष :

–चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

–साजिदा सिद्दीकी

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका ९७ वर्षीय बुवाको हिजो (२९ गते) बिहान भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई दिवंगत केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा हृदयघातबाट दिवंगत पूर्वकेन्द्रिय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक तथा श्रद्धाञ्जली व्यक्त गरेको छ।

Facebook Comments