दोस्राे चिवा-नेपाल सांस्कृतिक फेस्टिभलको स्टल वुकिग खुल्ला
उत्तम पन्डित
३० जेठ जापान
जापानको चिबा प्रिफेक्चर स्थित फुनाबाशी केइबाजोमा आगामी २०२६ सेप्टेम्बर १९ र २० मा दोस्राे चिवा-नेपाल सांस्कृतिक फेस्टिभल हुने भएकाे छ ।
दोस्राे चिवा-नेपाल सांस्कृतिक फेस्टिभलका लागि स्टल बुकिङ औपचारिक रूपमा खुला गरिसकिएको छ ।

गैरआवासीय नेपाली संघ जापान, चिबा क्षेत्रीय परिषदको आयोजनामा हुन लागेको उक्त फेस्टिभलका लागि स्टल बुकिङ खुल्ला गरिएको स्टल ब्यबस्थापन समितिका उप(संयोजक टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
‘व्यवसायी, संघ–संस्था तथा व्यक्तिगत रूपमा सहभागी हुन इच्छुक सबैका लागि जुन ९ देखि जुन ११ सम्म स्टल बुकिङ खुला रहनेछ’ न्यौपानेले भन्नुभयो ‘सबैलाई समयसीमा भित्रै स्टल बुकिङ गरिदिनु हुन अनुरोध गर्दछौं।’
उहाँका अनुसार एउटा स्टल बुकिङका लागि २ लाख ५० हजार एन शुल्क तोकिएको छ। त्यो बाहेक ५० हजार धरौटी राख्नुपर्ने व्यवस्था समेत गरिएको छ।
त्यस्तैगरी फोहोर व्यवस्थापन शुल्क ३० हजार, ब्यबसाय संचालनका लागि जनस्वास्थ्य कार्यालयबाट अनुमति प्राप्तिका लागि लाग्ने १६ हजार पांच सय गरी कुल ३ लाख ४६ हजार पांच सय जापानी एन जुन महिनाको ३० तारिख भित्र दाखिला गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
नेपाल र जापानबीचको सांस्कृतिक आदान–प्रदानलाई अझ मजबुत बनाउने उद्देश्यले चिबाको फुनाबाशीमा दोश्रो फेस्टिभलको आयोजना गर्न लागिएको एनआरएनए चिबाका संयोजक राजनबाबु सुबेदीले जानकारी दिनुभयो ।

