रास्वपा बागमती प्रदेशको सभापतिमा उत्सव अर्याल निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् ।
शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई २ मतकाे अन्तरले पराजित गरी सभापतिमा निर्वाचित हुनुभएकाे हाे ।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत प्राप्त गर्नुभयाे । पराजित हुनुभएका लामिछाने प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
Facebook Comments

