परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । ।
चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चारदिने चीन भ्रमणमा जान लाग्नुभएकाे हाे । भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खनालले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने सम्बन्धमा छलफल हुने जनाइएको छ ।
भ्रमणका दौरान बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनुहुनेछ ।
खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायतकाे सहभागिता रहनेछ ।

