काठमाडाैं आउने र बाहिरिने सवारीसाधन राेकिए
वर्षातका कारण जाेखिम बढेकाे भन्दै काठमाडाैं आउने र बाहिरिने सवारीसाधन राेकिएका छन् । जाेखिमयुक्त अन्य राजमार्गहरूमा समेत सवारी सञ्चालनमा राेक लगाइएकाे प्रहरीले जनाएकाे छ ।
साेमबार साँझ ८ बजेटबाट राजमार्गमा सवारी सञ्चालनमा पूर्ण रूपमा राेक लगाइएकाे थियाे ।
अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको छ ।
सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ ।
केहीबेरअघि मात्रै नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभानमा लेदो खस्न थालेकाले दुइतर्फी सडक आवागमन बन्द भएको थियाे । पहिराे हटाएर साे खण्डमा सवारी सञ्चालन गरिएकाे बताइएकाे छ ।

