कोशी,  बागमती र गण्डकी प्रदेशकका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको छ।

महाशाखाले देशभर साधारणतया बादल लागेको र गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भैरहेको जनाएकाे छ।

मंगलबार दिउँसाे कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केहि स्थान र  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाे छ । 

मंगलबार राती देशभर साधारणतया बादल लाग्ने तथा देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई  भू-भागका केहि स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई  भू-भागका थोरै मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाले कोशी,  बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग तथा कोशी प्रदेशको तराई प्रदैश एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन अनुराेध गरेकाे छ । 

Facebook Comments