विभिन्न राजमार्गमा बाढी पहिराेले सवारी अवरूद्ध

अविरल वर्षापछिकाे बाढी पहिराे तथा संभावित बाढी पहिराेकाे जाेखिमका कारण देशका विभिन्र जिल्लामा पर्ने राजमार्गहरूमा सवारी सन्चालनमा पूर्ण तथा आंशिक रूपमा अवराेध पूगेकाे छ ।

मुख्य राजमार्ग पृथ्बी राजमार्गकाे धादिङ जिल्लाकाे थाक्रेमा पहिराकाे कारण बाटाे अवरूद्ध बनेकाे छ । पहिराे हटाएर सवारी सन्चालन गर्ने प्रयास भइरहेकाे छ ।

काभ्रेमा वि.पी राजमार्गकाे खुर्काेट नेपालथाेक कटुन्जेबेँसी खण्ड, मकवानपुरकाे हेटाैंडा ठिगन खण्डमा कान्तिलाेकपथ, सिन्धुपाल्चाेककाे भाेटेकाेशी गाउँपालिकामा अरनिकाे राजमार्ग, रसुवा जिल्लाकाे उत्तरगयामा त्रिशुली मैलुङ स्याफ्रुबेँसी सडक, लमजुङमा मध्यपहाडी लाेकमार्गकाे केही भाग, म्याग्दीमा म्याग्दि जाेमसाेम सडक खण्ड, रूकुम पूर्वमा मध्यपहाडी लाेकमार्ग, रूकुम पश्चिममा भेरी करिडाेर सडकमा पहिराे, बाढीका कारण पूर्ण रूपमा अवराेध रहेकाे प्रहरीले जनाएकाे छ।

Facebook Comments