मौसमः पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव
हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
बुधबार दिउँसाे देशका हिमाली भू-भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना छ ।
त्यस्तै रातकाे समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
Facebook Comments

