माैसमः पहाडी तथा हिमालका केही स्थान मध्यम वर्षा र हिमपातकाे संभावना
हाल मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोशी र गण्डकी प्रदेशमा भने आंशिक बादल लागेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
त्यस्तै देशको हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ।
महाशाखाले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम वर्षाकाे सम्भावना रहेको छ जनाएकाे ।
महशाखाका अनुसार राती कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
त्यस्तै देशको हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ।
महाशाखाले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा सम्भावना रहेको जनाएकाे छ ।
साथै कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

