गाेरखामा माइक्रो दुर्घटनाः ७ भारतीय नागरिककाे मृत्यु

मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाकाे मृत्यु भएको छ । मृतकहरू सबै भारतीय रहेको प्रहरीले जनाएको छ ।

चालक र सहचालक बाहेक मनकामना मन्दिर दर्शनका लागि गएको सबै भारतीय नागरिकहरू लिएर गएकाे ईभी माइक्रो फर्कने बेलामा दुर्घटनामा हाे ।

शनिबार साँझ ७:५५ बजे  गोरखा जिल्लाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनास्थलमै ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उपचारका लागि अस्पताल पठाइएको छ । मृत्यु हुनेमा ५ जना पुरूष र २ जना महिला छन् । 

Facebook Comments