राष्ट्रिय प्रतिवद्धताकाे मस्याैदा सार्वजनिक
सरकारले घाेषणा गरेकाे शासकीय सुधार सम्बन्धी एक सय काययसूचीको बुँदा नं. ३ अनुसार राष्ट्रिय प्रतिवद्धताकाे मस्याैदा सार्वजनिक गरेकाे छ ।
प्रतिवद्धतामा २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा सहभागी प्रमुख ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र तथा प्रतिवद्धता समेटेर तयार पारिएकाे मस्याैदा छलफल एवं सुझावका लागि सार्वजनिक गरिएकाे हाे ।

बिभिन्न १६ बुँदामा सार्वजनिक प्रतिवद्धतामा आर्थिक क्षेत्र, कृषि, पर्यटन, उर्जा, खानी तथा खनिज, पूर्वाधार, राेजगारी, शिक्षा तथा स्वास्थ्य, वन वातावरण तथा जलवायु, सुशासन तथा भष्ट्राचार नियन्त्रण, प्रशासनिक सुधार, विद्युतीय सुशासन तथा प्रविधि, सामाजिक न्याय, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रवासमा रहेका नेपालीहरूकाे ज्ञान, सीप र पूँजी उपयाेग, खेलकूद, विपद व्यवस्थापन र सहकारी तथा लघुवित्तका सवाल समावेश गरिएकाे छ ।
Facebook Comments

