विपक्षी दलकाे वहिष्कार र विराेधकैवीच सरकारको नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका सबै राजनीतिक दलकाे विराेधका वीच पनि सदनबाट सरकारकाे नीति तथा कार्यक्रम पारित भएकाे छ ।

४ प्रतिपक्षी दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बहिष्कार गरे भने नेपाली कांग्रेसका सांसदहरूले सदनमै रही उठेर सरकारकाे नीति तथा कार्यक्रम पारित गर्ने क्रमकाे विराेध गरेका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहले सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफल र सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिन इन्कार गरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएपछि प्रतिपक्षी सांसदहरूले बहिष्कार र विरोध गरेका हुन् ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे एकल बहुमत रहेकाले नीति तथा कार्यक्रम पारित गर्न प्रतिपक्षी दलकाे विराेधकाे अर्थ नरहने भएपनि प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकाे अपनत्व लिन नसकेकाे विपक्षी दलकाे दलिल थियाे ।

सभामुख डाेलप्रसाद अर्यालले प्रतिपक्षीको निरन्तर विरोध र बहिष्कारबीच प्रतिनिधिसभा बैठकले सर्वसम्मतिबाट नीति तथा कार्यक्रम पारित भएकाे घाेषणा गर्नुभयाे ।

विपक्षी दलहरू प्रक्रियामा सहभागी नभइ विराेध गरेकाले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएकाे हाे । नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरि अस्वीकृत गरिएकाे थियाे ।

प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जबाफ दिने जिम्मा अर्थमन्त्रीलाई सुम्पेकाले त्यसको निम्ति तयार हुन सांसदहरूसँग आग्रह गरेपनि प्रतिपक्षी सांसदहरूले प्रधानमन्न्रीको उपस्थिति हुनुपर्ने अडान लिएका थिए ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद छाडेर हिडेपछि विपक्षी दलले साे कार्यकाे समेत जवाफ माग गरिरहेका छन् ।

यसैवीच सत्तापक्ष नरहेकाे राष्ट्रियसभाले पनि सरकारकाे नीति तथा कार्यक्रम पारित गरेकाे छ ।

Facebook Comments