कांग्रेसकाे इतर पक्षकाे राष्ट्रिय भेला ‘सम्मेलन’मा परिणत

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरिएकाे छ ।

प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार, सुरुमा राष्ट्रिय भेलाको रूपमा कार्यक्रम तय गरिए पनि पछिल्लो राजनीतिक परिस्थिति र अदालती निर्णयका कारण यसलाई विधान सम्मत सम्मेलनमा रूपान्तरण गरिएको हो।

संयोजक विश्वकर्माले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकताका विषयमा अदालतको पछिल्लो निर्णय र प्रक्रियालाई ध्यानमा राख्दै यो निर्णय लिइएको बताउनुभयाे ।

अदालतले सबै प्रक्रियालाई सुरुदेखि हेर्ने भनेपछि विधान बमोजिम सम्मेलन गर्न लागिएकाे विश्वकर्माकाे भनाई छ ।

यो सम्मेलनले नेतृत्व परिवर्तनको कुरा नगरे पनि नीतिगत सुधार र पार्टीको आन्तरिक सुदृढीकरणमा केन्द्रित हुने बताइएको छ ।

सम्मेलनमा सांगठनिक, राजनीतिक लगायतका प्रस्ताव पेश गरिएकाे छ । भने गगन थापाकाे नेतृत्वमा भएकाे विशेष महाधिवेशनलाई अवैधानिक भएकाे नेताहरूले दाबी गरेका छन् ।

शेरबहादुर देउवाकाे नेतृत्वमा १५औँ महाधिवेशन गरिने राजनीतिक प्रस्तावमा उल्लेख छ ।

Facebook Comments