नुवाकाेटमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
नुवाकोटकाे शिवपुरी गाउँपालिका -०७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माईक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
शनिबार बिहान अन्दाजी ८:२५ बजे बा.प्र.०८-१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा.प्र.३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो ।
ठक्करपछि ईभी भ्यान र बस सडकबाट अन्दाजी ३०/४० मिटर तल भिरमा खसेको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । घाइते मध्ये दुई जनालाई अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले उल्लेख गरेकाे छ ।
मृत्यु हुनेमा:
१. जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-८ बस्ने अन्दाजी ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल।
२. जिल्ला रामेछाप, ठाडादेवी गाउँपालिका–२ बस्ने अन्दाजी ६५ वर्षीया उदयमाया खत्री।
घाइते हुनेमा:
१. जिल्ला सर्लाही, लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने अन्दाजी २५ वर्षीया सुजता पोखरेल अवस्था मध्यम
२. जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–१० बस्ने अन्दाजी ४२ वर्षीया सर्मिला श्रेष्ठ अवस्था मध्यम
३. जिल्ला दोलखा, मेलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने अन्दाजी ६० वर्षीया ज्ञानु श्रेष्ठ अवस्था मध्यम
घाइते तिन जनाकै ग्रिनसिटी अस्पतालमा उपचार भइ रहेको छ । बस चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

