माैसमः तराईका केही स्थानमा कुहिरो तथा पहाडी क्षेत्रमा बादल लाग्ने

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले माैसम मुख्यतया सफा रहने उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु कुहिरो तथा पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा बादल लाग्नेछ ।

साेमबार दिउँसोः तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहनेछ ।

साेमबार रातीः तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहनेछ ।

Facebook Comments