प्रधानमन्त्री कार्की निकट पात्रलाई पद !
प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गर्नुभएकाे छ ।
कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गर्नुभएकाे हाे । गृहमन्त्रीले आइतबार बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णयबारे जानकारी दिने क्रममा यस्ताे बताउनुभएकाे हाे ।
त्यस्तै मन्त्रिपरिषदको आइतबारकाे बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
Facebook Comments

