रास्वपाले नवसांसदहरूलाई अभिमुखीकरण गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीहरूले नवसांसदहरूलाई संसदका प्रक्रियाका सम्बन्धमा मंगलबारबाट अभिमुखीकरण गर्दैछ । मंगलबार र बुधबार दुई दिनसम्म ललितपुर, ग्वार्कोस्थित रोयल टुलिप होटलमा अभिमुखीकरण हुनेछ ।

अभिमुखीकरणका क्रममा सांसदहरूले माेवाइल लैजान नपाउने, आफन्तहरूसँग भेटघाट गर्न नपाउने लगायतका नियम बनाइएकाे छ ।

सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने छ ।

अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिने तय भएकाे छ।

मंगलबारको अभिमुखीकरणमा उपसभापतिद्वय अर्याल र वाग्लेले प्रस्तुति राख्नेछन् । त्यस्तै विज्ञहरूले मौजुदा संसदको संरचना कार्यप्रणालीबारे नव सांसदहरूलाई जानकारी गराउने कार्यसूची समेत रहेकाे महामन्त्री बुर्लाकाेटीले जनाकारी दिनुभयाे ।

त्यस्तै यस अगाडिकै सांसदमा समेत निर्वाचित साेविता गाैतम लगायतले आफ्नो अनुभवको आधारमा प्रस्तुति दिने तय भएकाे छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ ।

Facebook Comments