श्रीलङ्काकामा एशियाली कम्युनिस्ट आन्दोलनका आयामबारे चर्चा

इन्टरनेशनल पिपुल्स एसेम्बली’ (IPA) को आयोजनामा तीन दिने ह्याण्डस्र अफ एशिया ( Hands Off Asia) अन्तर्राष्ट्रिय सम्मेलन श्रीलङ्काको कोलम्बोमा सुरु भएको छ । 

सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपालका  एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसियाका कम्युनिस्ट आन्दोलनका ऐतिहासिक विजय र यस क्रममा सिकिएका सिकाइका बारेमा चर्चा गर्नुभएकाे छ ।

उहाँले बदलिँदो वैश्विक परिदृश्य र महाशक्तिहरूको तीव्र दबाबका बिच पनि असंलग्नताको नीति र समाजवादी निर्माण आजको दिनमा उत्पीडित राष्ट्रहरूका लागि सबैभन्दा महत्त्वपूर्ण लक्ष्य (क्षितिज) का रूपमा रहेको उल्लेख गर्नुभयाे ।

सम्मेलनमा श्रीलङ्काका क्याबिनेट वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को ऋणदाता कार्यक्रमको कठोर अनुशासन र सर्तहरूको सामना गर्दै कसरी जनपक्षीय मार्ग पहिल्याउन सकिने उल्लेख गर्नुभयाे ।

तीन दिनसम्म चल्ने यस सेमिनारमा विभिन्न विषयगत राजनीतिक मुद्दाहरूमा छलफल हुनेछन्। सम्मेलनकै सिलसिलामा श्रीलंकामा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटघाट गर्ने तालिका रहेको छ।

सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बली (IPA) का तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा धारणा राख्नुभएकाे थियाे ।

Facebook Comments