जाजरकाेटमा हत्या सम्बन्धी घटनाका ५ जनाआराेपी पक्राउ

जाजरकाेटकाे भेरी नगरपालिका १० नुवागाउँमा भएकाे एक हत्या सम्बन्धी घटनाका आराेपी ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । दैलेख जिल्ला नारायण नगरपालिका २ का स्थायी बसाेबास गर्ने हाल जाजरकाेट भेरी नगरपालिका ११ मा अस्थायी बसाेबास गरी मेडिकल व्यवसाय गर्ने दिपक कुमार थापामाथि साउन २५ गते कुटपिट भएकाे थियाे ।

थापाकाे नेपालगंजकाे नेपालगंज केयर सिटी अस्पतालमा उपचारकै क्रममा साउनकाे २८ गते निधन भएकाे थियाे । साेही घटनाका आराेपी ५ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा जाजरकाेट जिल्ला भेरी नगरपालिका ८ बसाेबास गर्ने विरेन्द्र खत्री, निरज राेकाय, शिशिर याेगी गाेसाई, लक्ष्मण राेकाय र विनाेद गाेसाई रहेका छन् । निजहरूमाथि जिल्ला अदालतबाट १० दिनकाे म्याद लिई अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments