घाेषित मितिमै १५ औँ  महाधिवेशन हुन्छ, प्रतिस्पर्धामा सहभागी भएर सभापतिमा हराए हुन्छः गगन थापा

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असाेजका लागि तय भएकाे १५ औँ  महाधिवेशन घाेषित मितिमा हुने स्पष्ट पार्नुभएकाे छ ।

आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै थापाले १५ औँ  महाधिवेशनमा सहभागी भएर सभापतिमा प्रतिस्पर्धा गर्न र हराएर नेतृत्व लिन सुझाव समेत दिनुभएकाे छ ।

सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै थापाले इतर पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्वको विकल्प खोज्न चुनौती दिएका हुन् ।

सभापति थापाले गगन थापाको अनुहार देखाएकै कारण कांग्रेसले मत नपाएको हो भन्ने निष्कर्ष हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई नेतृत्वबाट हटाउन थापाकाे चुनाैति थियाे ।

१५ औँ  महाधिवेशनलाई एकताकाे महाधिवेशन बनाउन हरसम्भव प्रयास गर्ने, भाेली नै पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँग भेट गर्ने थापाले साे अवसरमा जानकारी दिनुभयाे ।

Facebook Comments