माैसमः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ ।
शनिबार दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने संभावना छ ।
महाशाखाका अनुसार मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
शनिबार राती देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने तथा तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु एवं कुहिरो लाग्ने महाशाखाले जनाएकाे छ। त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

