माैसमः पश्चिमी वायूको आंशिक प्रभाव

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज पनि राती तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

रातकाे समयमा कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Facebook Comments