कांग्रेसमा प्रतिनिधिसभाकाे टिकट वितरणमा देउवा पक्ष र गगन पक्षवीच सहमतिकाे प्रयास
नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि गगन थापाकाे नेतृत्वकाे समितिले आधिकारिकता पाएपछि देउवा पक्षसँग सहमति जुटाउने प्रयासमा छलफल सुरू भएकाे छ ।
कांग्रेसमा प्रतिनिधिसभाकाे टिकट वितरणमा देउवा पक्ष र गगन पक्षवीच सहमतिकाे प्रयास गर्न लागिएकाे हाे । शेखर पक्ष भने गगन थापासँग मिलेर चुनावमा सहभागी हुनुपर्ने मनस्थितिमा पुगेकाे छ ।
पार्टीभित्रका गगन थापा, शेरबहादुर देउवा र शेखर काेइरालाकाे समूहवीच सहमतिका लागि प्रयास भएकाे हाे ।
विशेष महाधिवेशनपछि संस्थापन पक्ष (सभापति गगन थापा समूह) का केन्द्रीय सदस्यहरू मधु आचार्य र देवराज चालिसे, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक र नेता डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल एकै ठाउँमा भेला भएर छलफल गरेका हुन् ।
गगन थापा पक्षले भने सर्वाेच्चकाे मुद्दा फिर्ता लिए देउवा पक्षका नेताहरूलाइ पनि उम्मेवदार बनाउने प्रस्ताव राखेकाे छ ।
तीन गुटका नेताहरूबिचको छलफल सकिएपछि सोही होटलमा रहेका पार्टी सभापति गगन थापासँग पनि नेता लेखक र डा. रिजालले छुट्टै कुराकानी गरेका बताइएकाे छ ।
फागुन २१ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवारकाे मनाेनयन गर्नुपर्ने कार्यतालिका छ भने निर्वाचन आचारसंहिता लागू भइसकेकाे छ ।
टिकट वितरणको गाँठो फुकाउन आज पनि वार्ता गर्ने तयारी नेताहरूको छ ।

