नेपाली कांग्रेसकाे प्रतिज्ञापत्रः नागरिककाे जीवन सुखी एवं कुनै अभाव नभएकाे बनाउने प्रतिवद्धता
नेपाली कांग्रेसको प्रतिज्ञा पत्र जनकपुरबाट सार्वजनिक गरेको छ । बुधबार कांग्रेसले फागुन २१ गतेकाे प्रतिनिधिसभा निर्वाचनकाे सन्दर्भमा प्रतिज्ञा पत्र सार्वजनिक गरेकाे हाे ।

जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएकाे थियाे । प्रतिज्ञापत्रमा १० बुँदामा कांग्रेसका प्रतिवद्धता उल्लेख गरिएकाे छ ।
यी हुन् कांग्रेसका प्रतिज्ञा पत्रको १० भिजन:
१. सम्मानित भएर बाँच्न पाउने नेपाल
२.सपना देख्न सक्ने नेपाल
३.सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४.पेटभरी खुवाउने, देशलाई चिनाउने नेपाल
५.ओखती र ओत दिने नेपाल
६.छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७.बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८.मौलिकता गर्व गर्ने आधुनिक नेपाल
९.विश्वले सम्मान गर्ने स्वभिमानी नेपाल
१०.समुन्नतिमा लम्कने नेपाल





