समानुपातिक सांसद प्रमाणपत्र प्रदान एवं निर्वाचन प्रतिवेदन पनि राष्ट्रपति समक्ष पेश गरिंदै
निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गर्दैछ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिने आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जनाकारी दिनुभयाे ।
आयोग परिसरमे बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गरिनेछ ।
समानुपातिकतर्फबाट प्रतिनिधिसभामा ११० सांसद निर्वाचित हुन्छन् ।
आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४–४ सांसद सिट संख्या तय गरी सिफारिश गर्न भने बमाेजिम दलहरूले सांसदकाे नाम सिफारिश गरिसकेका छन् ।
आयोगका प्रवक्ता भट्टराईका अनुसार दिउँसो ४ प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको जानकारी दिनुभयाे ।
राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने आयोगकाे तयारी छ ।

