कांग्रेस विवादः देउवा पक्ष सर्वोच्च अदालतकाे फैसला मान्न तयार

विशेष महाधिवेशनकाे निर्णय विरूद्ध अदालत गएकाे नेपाली कांग्रेस देउवा पक्षले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने सर्वाेच्चकाे फैसला स्वीकार गर्ने भएकाे छ ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने फैसला गरेकाे थियाे ।

उक्त फैसलापछि धारणा बनाउन शेरबहादुर देउवा पक्षकाे बैठकले सर्वाेच्चकाे फैसला स्वीकार गर्दै पूर्णबहादुर खड्कालाई अबदेखि ‘कार्यवाहक सभापति’ नभन्ने भएको छ । 

शनिबार राजधानीमा आयोजित देउवापक्षीय नेताहरूको छलफलले न्यायलयको आदेशलाई स्वीकार गर्दै खड्का अब पूर्वकार्यवाहक सभापति भएको बताएको हो ।

यसअघि देउवा पक्षले सभापति गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै निर्वाचन आयोग र अदालतमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकै हैसियतमा प्रस्तुत गर्दै आएको थियो । 

यद्यपि सर्वाेच्चकाे फैसलाकाे सन्दर्भमा थप छलफलका लागि देउवा पक्षले यस अगाडिका पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरूकाे बैठक आइतबारका लागि पनि बाेलाएकाे छ ।

Facebook Comments