पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः एमालेमा सक्रिय हुन बाटाे खुल्याे

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणसँगै एमालेमा नै सक्रिय हुने बाटाे खुलेकाे छ ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाैती हुने ठानी भण्डारीकाे सदस्यता नवीकरण रोक्ने निर्णय गराउनुभएकाे थियाे । जस्ले गर्दा पार्टीमा विवाद समेत बढेकाे थियाे ।

त्यतिबेलाकाे राेक्ने निर्णय र अहिले पुनः पार्टी सदस्यता निरन्तरता गर्ने निर्णयलाई राजनीतिक परिस्थितिकाे रूपमा व्याख्या गर्दै अध्यक्ष ओली स्वयंले पूर्वराष्ट्रपतिलाई सदस्यता दिने प्रस्ताव राखेर पारित गराउनुभएकाे हाे ।

Facebook Comments