प्रतिनिधिसभाकाे बैठक बस्दै
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्दैछ । बैठकमा विभिन्न विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विगचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यसैगरी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता’ पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
Facebook Comments

