माैसमः पाँच प्रदेशका केही स्थानमा भारी वर्षा, काेशी र मधेसकाे केही स्थानमा हावाहुरीको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले बुधबार दिउँसो देशभर साधरणतया बादल लाग्ने जनाएकाे छ । महाशाखाका अनुसार देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
महाशाखाले देशका पहाडी भूभागका धेरै स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
आज राति देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ भने देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाेमहाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

