माैसमः प्रायः तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने, अन्य स्थानमा माैसम सफा रहने

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ ।

त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार आज राती पनि तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ ।

त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

Facebook Comments