माैसमः पश्चिमी न्यून चापिय प्रणालीकाे प्रभाव

हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ ।

तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा कुहिरो लागेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । 

त्यस्तै मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू-भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । 

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments