सर्वाेच्चकाे प्रधानन्याधीशमा नियुक्त शर्माद्वारा पदभार ग्रहण

प्रधानन्यायधीशमा नियुक्त डा.मनाेजकुमार शर्माकाे सपथ ग्रहण एवं पदभार ग्रहण सम्पन्न भएकाे छ ।

अध्यादेश मार्फत् संवैधानिक परिषद्सम्बन्धी प्रावधान फेरिएपछि बहुमतका आधारमा चाैंथाे वरियतामा भएपनि प्रधानन्याधीशका लागि सिफारिसमा पर्नुभएका शर्माकाे हकमा मंगलबार नै संसदीय सुनुवाइ, नाम अनुमाेदन, नियुक्ती, सपथग्रहण र पदभार ग्रहण द्रुतगतिमा सम्पन्न भयाे ।

न्यायपालिकामा वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा भत्काउँदै शर्मा प्रधानन्यायाधीश बन्न सफल हुनुभयाे । संसदीय सनुवाइ समितिकाे बैठकमा  सांसदहरूले किन हतारमा सनुवाइ गर्न लागेको प्रश्न उठाएका थिए । तर त्यसकाे सुनुवाइ नगरी सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले विशिष्ट कारण रहेकाे अर्थ्याउनुभएकाे थियाे ।

शर्माकाे संसदीय सुनुवाइकाे प्रक्रिया सकिएपछि सर्वसम्मत अनुमाेदन गरिएकाे थियाे । शर्माले पदभार ग्रहणका क्रममा न्यायिक निर्णयमा कुनै पनि हस्तक्षेप स्वीकार नगर्ने बताउनुभएकाे छ ।

न्यायिक स्वतन्त्रता र नागरिककाे न्यायका पक्षमा काम गर्ने उहाँकाे भनाइ छ ।

Facebook Comments