चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ ।
बुधबार दिउँसाे कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा भने माैसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

बुधबार राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

