प्रतिनिधिसभामा निर्वाचन सम्बन्धी विधेयक संशाेधन प्रस्ताव पेश गरिने
प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।
बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
साथै “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्ने, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्ने कार्यसूची छ।
Facebook Comments

