१६ वर्षपछि स्पेनलाई विश्वकपकाे उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो ।

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले अतिरिक्त समयमा गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लियो ।

खेलकाे अधिकांश समय स्पेनले अर्जेन्टिनालाई दबावमा राखेकाे थियाे ।

Facebook Comments