पृथ्वीराजमार्गकाे बिभिन्न स्थानमा पहिराे, सवारी सन्चालन प्रभावित

गएराती परेकाे अविरल पानीका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिराे खसेकाे छ । पहिराका कारण यातायात सन्चालन प्रभावित बनेकाे छ । प्रहरीले पहिरो पन्छाउने काम भइरहेकाे जनाएकाे छ ।

प्रहरीका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जवाङ खोलानेर दुई ठाउँमा पहिरो गएको छ । त्यस्तै चितवनको इच्छाकामना गाउँपालिका ३ फिसलिङमा पनि पहिरो खसेको छ ।

नारायणगढ–मुग्लिन–पोखरा सडकमा भने सवारी सन्चालन भइरहेकाे छ ।

मुग्लिन–काठमाडौं सडकमा भने सवारी सन्चालनमा राेक लगाइएकाे छ । पहिरो पन्छाउने काम जारी छ भने सवारी साधनहरुलाई कुरिनटार क्षेत्रमा रोकिएको छ । भने काठमाडाैंबाट बाहिरिने सवारी साधनहरू नागढुंगामा राेकिएकाे छ ।

वर्षाका कारण गएराती रात्रिकालीन रोक लगाएको थियो ।

Facebook Comments