बाढी पहिराेका कारण महिनाैसम्म राजमार्गमा यातायात सेवा प्रभावित

अविरल वर्षा, बाढी, पहिराे एवं सुख्खा पहिरकाेका कारण मुलुकका विभिन्न जिल्लाका मुख्य राजमार्गहरूमा समेत महिनाैदेखि यातायात सेवा प्रभावित बनेकाे छ ।

गत बैशाख महिनादेखि मेची राजमार्ग इलामकाे राजदुवाली झापा ताप्लेजुङ सडकखण्डमा यातायात सेवा प्रभािवत छ । त्यस्तै गत जेठदेखि नै काभ्रेको बिपी राजमार्गमा सम्भावित बाढीका कारण राति १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दिउँसोको समयमा परिस्थितिको विचार गरी सञ्चालन गरिनेछ।

पछिल्ला दिनमा अविरल  वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको  विवरण अनुसार बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात प्रभावित बनेको छ।

कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा छ।

बागमती प्रदेशका सडकहरूमा बढी जोखिम देखिएको छ। मकवानपुर जिल्ला अन्तर्गत कान्ति लोकपथ र नुवाकोटको टोखा-छहरे सडक खण्डमा पनि रातको समयमा सवारी चलाउन रोक लगाइएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग र रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेसी सडक खण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

गण्डकी प्रदेशको लमजुङस्थित बेंसीशहर-मनाङ सडक खण्ड, बागलुङमा कालीगण्डकी करिडोर र मुस्ताङको बेनी-जोमसोम तथा जोमसोम-कोरला सडक खण्डहरूमा पनि पहिरो र बाढीका यातायात सेवा पूर्ण तथा आंशिक रूपमा अवराेध पुगेकाे छ ।

Facebook Comments