माैसमः चार प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको उल्लेख छ ।

हाल मौसमको अवस्थामा कर्णाली प्रदेशका थोरै स्थानमा, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

विहीबार दिउँसाे देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने कोशी प्रदेशको तराई  र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

विहीबार रातकाे समयमा देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्ने पनि महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केहि स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे उल्लेख छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ भने कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Facebook Comments