कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले उल्लेख गरेकाे छ ।

मङ्गलबार दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ । महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे उल्लेख छ ।

मङ्गलबार राती कोशी, बागमती  र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने तथा तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएकाे छ । 

Facebook Comments