फुटपाथमा पार्किङ गर्दा कार्बाहीमा पर्नुहाेला!
कास्कीमा प्रहरीले फुटपाथमा पार्किङ गरी राखेका थप २०२ वटा सवारी साधनहरु कारवाही गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र पोखरा महानगरपालिकाका नगर प्रहरीहरु संयुक्त रुपमा खटिई फुटपाथमा पार्किङ गरी राखेका सवारी साधनहरुलाई हटाउने तथा नियन्त्रणमा लिई आवश्यक कारबाही गरेकाे हेा ।
बुधबार मात्रै पोखरा महानगरपालिका अन्तर्गत सभागृह चोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, पालिखेचोक, नयाँबजार, पृथ्वीचोक
क्षेत्रका फुटपाथमा सर्वसाधरण तथा फरक क्षमता भएका व्यक्तिहरु हिँडडुल नै गर्न नसक्ने गरी मो.सा. तथा स्कुटरहरु पार्किङ गरी अवरोध सृजना गरेको १०१ वटा सवारी साधनलाई यथास्थानमा नै कारवाही गरिएको र १०१ वटा (८१ स्कुटर, २० मो.सा.) दुई पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएकाे छ ।

